Posts

Showing posts from July, 2016

नेपाल फिफा बरियतामा ६ स्थान खस्किँदै १८८ औं स्थानमा

विश्व फुटबल महानसंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल १८८औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८औं स्थानमा पुगेको हो । दक्षिण एशियामा भारत १५२ औं स्थानमा उक्लिएको छ । उसले एकैपटक ११ स्थान सुधार गरेको हो । विश्वकप छनौटको दोस्रो चरणमा भारतले यसै महिना लाओसलाई पराजित गरेको थियो । भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान, श्रीलंका र पाकिस्तान छन् । उनीहरुको क्रमसः १९२, १९३ र १९४ औं स्थानमा छन् । युरो २०१६ फुटबल प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको बरियाताक्रमको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् । युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने १० स्थान सुधार गरेको युरो फाइनलिष्ट फ्रान्स सातौं स्थानमा उक्लिएको छ । २/२ स्थान तल झरेर स्पेन र ब्राजिल क्रमसः आठौं र न...
Image

सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर ।

नेपाली युवा सनसनी खेलाडी सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर पाएका छन् । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालबाट आफ्नो प्रभाव देखाएपछि लेग स्पिनर सन्दीपले शनिबार स्थानीय टोलबाट खेल्न लागेका हुन् । नेपालले बिहीबार इन्डियन जिमखाना क्रिकेट क्बलविरुद्वको ट्वान्टी-२० खेलेको थियो । त्यही जिमखानाबाट शनिबार ओल्ड एक्टनविरुद्व उनीहरुकै मैदानमा खेल्न लागेका हुन् । जिमखानाको तेस्रो टिमबाट सन्दीपले मिडलसेक्सको लिग म्याच खेल्न लागेका हुन् । नेपालले शुक्रबार इङ्ल्यान्ड भ्रमणमा तेस्रो खेल खेल्दै छ । शनिबार नेपालको अभ्यास मात्र छ । लगातार तीन खेल खेलिसकेको अवस्थामा नेपालले अभ्यास खेल खेल्ने सम्भावना कम रहेको र सन्दीपलाई म्याच एक्सपोजरको आवश्यक्ता पनि भएकाले जिमखानाबाट खेल्न दिइएको नेपालका परामर्श प्रशिक्षक पुबुदु दासानायकेले बताए । सन्दीपले जिमखानासँगको खेलमा २ ओभर बलिङ गरे पनि कुनै विकेट लिएका थिएनन् । ‘हामीलाई उनी प्रतिभावन खेलाडी हुन भन्ने लाग्यो, त्यसैले हामीले उनलाई जिमखानाबाट खेल्न आमन्त्रण गरेका छौं,’ जिमखानाका प्रशिक्षक अनिल धान्डले बताए । हाल चलिरहेको लिगमा सन्दीपलाई जिमखाना...

आफ्नो सपना पुरा गर्न सानैमा जिम्बेवारी धेरै : युवा क्रिकेटर यादव (अन्तर्वार्ता)

क्रिकेट नै जीवन हो। मेरो क्षमता यही हो भन्ने लागेपछि ११ वर्षको उमेरमा भागेर इन्डिया पुगे बब्लुकुमार यादव । गाउँमा झुम्रा र टेनिस बललाई क्रिकेट बनाएर खेले । टिभीमा भ्याएसम्म  सबै म्याच हेर्थे। कसैले नबोलाए पनि भ्याए र देखेको ठाउँमा क्रिकेट खेल्न पुग्थे। जब उनलाई घरबाट पढ्नुपर्छ भनेर दबाब आउन थाल्यो अनि गए आफ्नो सपना पुरा गर्न भारततिर । केही वर्ष त्यही बसेर स्कूलबाट र विभिन्न क्लबमा खेले । १४ वर्षको भएपछि देशका लागि खेल्ने र क्रिकेटलाई उचाईँमा पुर्‍याउने उद्देश्यले नेपाल फर्किए ।   सिराहा जिल्लाको माडर गाविसमा जन्मिएका बब्लु कुमार यादव हाल काठमाडौंस्थित गोल्डेनगेट इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। भारतको दिल्लीबाट विभिन्न क्लबबाट यु-१६ तथा यु-१९ टिममा खेलिसकेका उनले नेपालमा आएर मध्यमाञ्चल क्षेत्रबाट क्षेत्रीय प्रतियोगितामा सहभागी भइसकेका छन् भने यु-१९ राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा सहभागी भएर टिममा छानिएनन्। देशका लागि क्रिकेट खेल्ने सपना बोकेर दिन रात प्रशिक्षण तथा अभ्यासमा व्यस्त यादबसँग नेपाल र नेपालीले गरेको कुराकानीको सम्पादीत अंश :   आजभोल...