मेस्सीको (Lionel Messi)नेतृत्वमा अर्जेन्टाइन (Argentina Football)टोली द्वारा मिडिया (Media) बाहिस्कार



लिओनल मेसी सहित पुरै अरजेन्टिनाको फुटबल टोलीले अर्जेन्टिनाको मिडिया लाई बाहिस्कार गर्ने भएको छ। <!--more-->
कोलम्बिया सँगको खेल ३-० ले जितेपछी पत्रकार सम्मलेनमा बोल्दै मेस्सीले सो घोषणा गरेका हुन।


अर्जेन्टिना को स्थानिय रेडियोको एक पत्रकारले सामाजिक सन्जाल टुइटरमा अर्जेन्टाइन टोलीमा रहेका स्ट्राइकर एजिकुएल लाभेज्जीले ट्रैनिङ अगाडि गाजा सेवन गरेको आरोप लगाएपछी मेस्सी लगायत सम्पूर्ण खेलाडीले मिडिया बाहिस्कार घोषणा गरेका हुन।

"हामीले मिडिया सँग अब कुरा नगर्ने निर्णय लिएका छौ। हाम्रो साथी लाई झुटो आरोप लगाउने अर्जेन्टाइन मिडिया लाई बाहिस्कार  गर्नु बाहेक को अरु उपाय हामी सँग छैन।" मेस्सीले बताए ।

हाल चाइनिज लिग खेलिरहेका नेपोली तथा पीएसजीका पूर्व फर्वार्ड लाभेजीले गाजा खाएर ट्रैनिङ गरेको आरोपको खन्डन गरिसकेका छन । 

Comments

Popular posts from this blog

Suman Sanga (17 Nov) - Kanchan Sharma Regmi