रेडियोले फर्कायो काठमाडौं : ‘सुर्के थैली खै’ गायक सिवाकोटी
राजन राज सिवाकोटी नाम सुनेको तर याद नभएको नाम हो । तर सुर्के थैली खै सबैले सुनेका गीत हुन् जस्ले युट्युबमा सबै भन्दा धेरै पटक हेरिएको नेपाली गीतको रेकर्ड राख्ने पहिलो गीत हो । तिनै गीतका संगितकार, रचनाकार तथा गायक राजनराज सिवाकोटीलाई थोरैले चिन्छन् । यो कुरा स्वयम् राजनराज सिवाकोटी पनि स्विकार गर्छन् । बाल्यकालमा अत्यन्तै सोझा गीत समेत राम्ररी गीत गाउन जाँगर नभएका राजनराजका सिर्जना सर्वाधिक हिट छन् तर मान्छेलाई कमैले चिन्छन् । उसबारे हामीले उहाँसँग कुराकानी गरेका छौं । नयाँ कलाकारहरुले चै देश घुमीसकेका छन् राजनराज शिवाकोटी त पुरै भूमिगत जस्तै बस्नु भएको छ त ? हा हा हा । कहाँ हुनु भूमिगत । कुनै गल्ति नै गरेको छैन । जे होस् । मलाई पनि थाहा छ मेरो गीतलाई धेरै दर्शक तथा श्रोताले माया गर्दीनु भएको छ । तर राजनराज सिवाकोटीलाई चिन्नु भएको छैन । मिडिया ,भिडियो अनि कार्यक्रममा कम उपस्थितिको कारण पनि यस्तो भएको हुन सक्छ । तर विस्तारै चिन्नु हुन्छ । सबै सफलता एकै चोटीमा पाईन्न । हुदै जाने कुरा हो । लुकेर बस्नुको कारण चै के हो ? मैले फेरि अर्काे राम्रो काम गर्नु पर्छ । म त्यसै...
Comments
Post a Comment