रेडियोले फर्कायो काठमाडौं : ‘सुर्के थैली खै’ गायक सिवाकोटी
राजन राज सिवाकोटी नाम सुनेको तर याद नभएको नाम हो । तर सुर्के थैली खै सबैले सुनेका गीत हुन् जस्ले युट्युबमा सबै भन्दा धेरै पटक हेरिएको नेपाली गीतको रेकर्ड राख्ने पहिलो गीत हो ।
तिनै गीतका संगितकार, रचनाकार तथा गायक राजनराज सिवाकोटीलाई थोरैले चिन्छन् । यो कुरा स्वयम् राजनराज सिवाकोटी पनि स्विकार गर्छन् । बाल्यकालमा अत्यन्तै सोझा गीत समेत राम्ररी गीत गाउन जाँगर नभएका राजनराजका सिर्जना सर्वाधिक हिट छन् तर मान्छेलाई कमैले चिन्छन् । उसबारे हामीले उहाँसँग कुराकानी गरेका छौं ।
नयाँ कलाकारहरुले चै देश घुमीसकेका छन् राजनराज शिवाकोटी त पुरै भूमिगत जस्तै बस्नु भएको छ त ?
हा हा हा । कहाँ हुनु भूमिगत । कुनै गल्ति नै गरेको छैन । जे होस् । मलाई पनि थाहा छ मेरो गीतलाई धेरै दर्शक तथा श्रोताले माया गर्दीनु भएको छ । तर राजनराज सिवाकोटीलाई चिन्नु भएको छैन । मिडिया ,भिडियो अनि कार्यक्रममा कम उपस्थितिको कारण पनि यस्तो भएको हुन सक्छ । तर विस्तारै चिन्नु हुन्छ । सबै सफलता एकै चोटीमा पाईन्न । हुदै जाने कुरा हो ।
लुकेर बस्नुको कारण चै के हो ?
मैले फेरि अर्काे राम्रो काम गर्नु पर्छ । म त्यसैको लागि लुकेर बसेको हो ।
राम्रो काम पनि लुकेर गर्नु पर्छ ?
बाहिर निस्कीदा अन्य कुरामा समय जान्छ । घरमै बस्ने नयाँ संगीत कसरी गर्न सकिन्छ । दर्शकको माया पाउन के गर्नुपर्छ भन्ने कुरालाईनै मैले सोचेर काम गर्ने गरेको छु । तर आवश्यक परे अनुसार विस्तारै मिडियामा आउदै छु । अर्को कुरा फेरि आफूले राम्रो काम गर्यो भने बाहिर निस्कीन पनि मज्जा आउछ नी । अब समय मिलाएर कार्यक्रममा जाने तयारीमा पनि लागेको छु म ।
तपाईँको गीतले रेकर्ड राखिसकेको छ डर छ कि छैन ? फेरि त्यो भन्दा नि उत्कृष्ट सिर्जना दिन नसक्ने पो हो की भनेर ?
किन डराउनु झन खुशी हुने कुरा होनी । हेर्नुस रेकर्ड भनेको एक पटक बस्ने हो तर राम्रो गर्ने प्रयास भने सधै राख्नु पर्छ । हाम्रो हातमा केही पनि छैन सबै दर्शक श्रोता र समयको हातमा हुन्छ ।
भनेपछि दर्शकको अहिलेको मायाले खुशि हुनुहुन्छ ?
एकदमै खुसी छु ।
तपाईको जीवनको पहिलो खुसी चाँही के हो ?
मेरो पहिलो खुसी भनेको म दोलखाको मान्छे , दोलखाकै विद्यालयमा पढेको मान्छे । विद्यालयमा म सामान्य विद्यार्थी थिएँ । रिजल्ट आउने बेलामा जहिले पनि दुई देखि ३ वटा विषय झुण्डीने । अनि कक्षा १० को टेष्ट परिक्षामा म पहिलो श्रेणीमा पास भएको थिएँ आफैलाई अचम्म लाग्यो । त्यो नै मेरो जीवनको पहिलो खुसी हो ।
खुसी कसरी मनाउनुभयो ?
त्यो बेलामा उफ्रिदै जाने अनि काफल, उत्तिसको बोटलाई छुने । आह ! म पहिलो भए भनेर साथीहरुलाई भन्ने । बाख्रालाई अरु दिनको भन्दा धेरै घाँस काटेर दिने । भैसीलाई हिलो छ भने पत्केर ओछ्याई दिने गर्थे । यस्तै यस्तै गरेर खुसी बाड्थेँ । अहिले चै खुसियालीमा लडडु बाड्ने ,जाँड रक्सी खाने काम हुन्छ मेरो समयमा त्यस्तो थिएन ।
बाल्यकालमा कस्तो कुरामा खुसी हुनुहुन्थ्यो ?
मेरो एसएलसी सम्मको पढाई दोलखामानै भएको हो । बाख्रा, भैसी चराउन जादा बाल्यकाल खुसी नै खुसी मिल्थ्यो । गाँउमा गोठ बनाउन पाउदा झनै खुसी । बाख्राले पाठाँ पाउदा , कुखुराले चल्ला निकाल्दा खुसी हुने त्यो बेलाको जस्तो खुसी अहिले खाजेर पाईन्न ।
अनि पढाईमा कत्तिको रुची हुन्थ्र्याे ?
पढाईमा त रुचीनै हुन्थ्यो । रातको जति बजे भए पनि होमवर्क सक्ने मेरो बानी थियो ।
गीत कहिले गाँउनुभयो ?
वि.स २०५८ सालदेखि मेरो संगीत यात्रा सुरु भएको हो । बाल्यकालमा भने जंगलमा थाक्रा लिन जाने बेलामा गीत गुनगुनाउने गरेको थिए । तर पछि गएर संगीत क्षेत्रमा नै लाग्छु भनेर चै होइन ।
संगीत क्षेत्रमा कसरी आउनुभयो ?
पहिला त मेरो पढाई सक्ने उदेश्य थियो । कमर्स विषयमा डिग्री गरेको छु । व्यापार गर्ने सोच थियो । पछि एकाएक मेरो सोच परिवर्तन भयो । अनि म, संगीत क्षेत्रमा लागेको हो । लगतै संगीत क्लासमा लागेँ म । काठमाडौमा संगीत सिके । वि.स २०५९ सालमा पहिलो गीत गाएको थिएँ । गीतले निकै चर्चा पाएको पनि थियो । मायालु आउने जाने बाटोमा भन्ने बोलको गीत नै मेरो पहिलो गीत हो । पहिलो गीतले राम्रो सफलता पाएपछि अब मैले यो क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने विश्वास लागेर नै म यो क्षेत्रमा लागेको हुँ ।
तपाईको पहिलो गीतले पाएको सफलताका दिनलाई अहिले सम्झदा?
रमाइलो लाग्छ । गीत संगीत सिकेर एउटा गीत निकाल्ने हुटहुटी चलेको थियो । न्यु बज्रचार्या दाईलाई सोधेर एउटा गीत गाएँ । गाउन त गाएँ तर कसरी कहा बजाउन दिने भन्ने कुरो चिन्ताको विषय थियो । एकदिन बाटोमा संचारकर्मी नरेस भटट्राईलाई भेटेँ । मैले उहाँलाई पहिला पटक भेटेको थिएँ तर उहाले मलाई नचिन्ने । मैले उहालाई भने ः दाई एउटा गीत रेकर्ड गरेको छु । राम्रो छ भने तपाईको रेडियोमा बजाउनु होला । यदि छैन भने डस्वीनमा फाल्दीनु भनेर कोठामा फर्किएँ । पछि काठमाण्डौमा बसेर हुन्न भनेर म आफ्नो गृह जिल्ला दोलखामा गएँ । दोलखामा लामै समय बस्ने मेरो मानसिकता थियो ।
तर एक दिन एउटा रेडियोको कार्यक्रम मेरो गीत मायालु आउने जाने बाटोमा ६ नम्बरमा परेको रैछ । त्यो सुनेपछि त शरिरमा काँडा उम्रेर यस्तो भयो की । अनि ओहो मेरो गीत त बज्यो त दर्शक श्रोताले मनपराउनु भएछ । म भने दोलखा बस्ने ? यो हुदैन , काठमाण्डौँ जानुपर्छ भनेर फेरि काठमाडौमा आएँ । सबैले गीतको बारेमा राम्रो प्रतिक्रिया दिनु भयो ।
त्यसपछि चिनजान बड्दै जान थालेपछि चै राम्रो हुदै गएको हो । मेरो ‘पञ्चाअमृत’ भन्ने पहिलो एल्बम हो । त्यो एल्बममा दिनेश डिसी दाईले धेरै सहयोग गर्नुभएको छ । त्यस पछि ‘सम्दी ज्यू ,सम्दी ज्यू वार्ता मिलाई देउ’ गीत पनि बजारमा ल्याएको थिएँ । विचमा धेरै कलाकारहरुलाई मेरो गीत गाउनको लागि दिएको छु । संगीतको क्षेत्रमा अन्य संगीतकारहरु भन्दा फरक कुरालाई अपनाउदै आएँ । त्यसैको उपज हो सुर्के थैली खोइ ।
खासमा यो सुर्के थैली को सिर्जना गर्दाको पृष्ठभूमि चाँही के थियो , जस्ले जादू गरेको छ ?
सुर्के थैली मेरो ४ वर्षको मिहेनत हो । गीतको शब्द, संगीत सबै कुरा राम्रो बनाउछु तर हत्तार गर्दीन भन्ने सोचका साथ बनाएको हो गीत । आज यही गीतले सम्पुर्ण श्रोता तथा दर्शक माझ मलाई चिनाउन सफल भएको छ । म धेरै खुशि छु । मैले भने नी यो गीत निर्माण गर्नको लागि मलाई ४ वर्ष भन्दा धेरै लागेको छ । एउटा शब्द ‘रौ’ राखौँ की ‘ऊन ’ भन्ने कुरामा पनि मैले १ महिना समय लगाएको छु ।
हुन त साढे ३ मिनेटको गीतमा के समय लाग्यो होला, भन्नु होला तर मिहिनत धेरै गरेको छु । धेरैले किन क का ,की,की कु,कु के,कै राखेको भन्ने कुरा पनि गर्नुभएको थियो । तर पहिलाको हरफ
‘मनमौजी मान्छे
कता ,कात जान्छे
खोजी निन्दा नगर
—कलिलै छ बैश मेरो
बलजफस्ती नगर
भन्नुको मतलब उस्को बैश चै बल्ल सुरु भएको बेला हो ।
त्यो बेला भनेको केटाकेटी समय हो । हो त्यही भएर त्यो शब्द राखेको हो । जुन सांकेतिक रुपमा राखिएको हो ।
तपाईलाई खुसी बनाउने गीत ?
मेरो आफ्नै शब्द र संगीत रहेको गीत हो । नविन के भटट्राईको आवाज रहेको छ । ‘अलि—अलि कति पिडा हुदानी’ भन्ने बोलको गीतले मलाई खुशि बनाउछ । त्यो बेलामा मेरो दिदी भेना,भान्जा,भान्जी सबै जना अमेरिका जानुभएको थियो । म एक्लै परेको थियो । अनि सम्झीएर लेखेको गीत हो । मेरो एउटा भान्जा ,एउटी भान्जी छिन् । त्यो गीत नै मलाई आज सम्म पनि एकदमै राम्रो लाग्छ । यो गीत सुनेपछि म एकदमै खुशी हुन्छु ।
विवाह भइसक्यो है ?
आज भन्दा ८ वर्ष पहिला नै भएको हो । ८ र ६ वर्षको दुईजना छोरी छिन् ।
ससुराली जाँदाको कुनै रमाईलो प्रसंग छन् ?
ससुराली जादा धेरै खानेकुराहरु राख्दीनु हुन्छ । १८ वटा भन्दा पनि धेरै कचौराहरुमा देख्दा पनि डर लाग्ने नखाउ भन्दा ज्वाईंले खानेकुरालाई अपमान गरेको भन्ने होकी पनि लाग्छ ।
जीवनमा को व्यक्ति देख्ने वित्तिकै खुसी लाग्छ ?
मलाई मेरी आमा देख्ने वितिकै खुसी लाग्छ ।
कसैको जीवनमा खुसी ल्याउनको लागि गर्नुभएको प्रयास ?
मेरो घरमा ४ वटा कुकुरहरु थिए । एउटाको बच्चा थियो । त्यो बच्चालाई पनि गाढीले किचेर मार्दीएछ । त्यो मरेको बच्चालाई कुकुरले २ दिनसम्म च्यापेर बसेको रैछ । बिउझेलाकी भनेर हेरेको हेरेकै गर्ने त्यो दृश्य देखेर मलाई सारै नमज्जा लाग्यो । त्यो बच्चालाई मैले फालिदिए । धेरै समयसम्म मैले त्यो कुकुरको सेवा गरेको थिए ।
अहिले ३ वटा बच्चा जन्माएको छ धेरै खुसी लागेको छ मलाई । त्यो घट्ना देखेर म सिरियस मात्र होईन रोएको पनि छु । कुनै प्राणी बोल्न सक्छ कुनै सक्दैन तर बच्चालाई गर्ने माया सबै आमाहरुको एउटै हुन्छ ।
उज्यालाे र forseenetwork.com काे सहकार्यमा लिइएको अन्तर्वार्ता साभार गरिएको।
Comments
Post a Comment