क्रिकेट नै जीवन हो। मेरो क्षमता यही हो भन्ने लागेपछि ११ वर्षको उमेरमा भागेर इन्डिया पुगे बब्लुकुमार यादव । गाउँमा झुम्रा र टेनिस बललाई क्रिकेट बनाएर खेले । टिभीमा भ्याएसम्म सबै म्याच हेर्थे। कसैले नबोलाए पनि भ्याए र देखेको ठाउँमा क्रिकेट खेल्न पुग्थे। जब उनलाई घरबाट पढ्नुपर्छ भनेर दबाब आउन थाल्यो अनि गए आफ्नो सपना पुरा गर्न भारततिर । केही वर्ष त्यही बसेर स्कूलबाट र विभिन्न क्लबमा खेले । १४ वर्षको भएपछि देशका लागि खेल्ने र क्रिकेटलाई उचाईँमा पुर्याउने उद्देश्यले नेपाल फर्किए । सिराहा जिल्लाको माडर गाविसमा जन्मिएका बब्लु कुमार यादव हाल काठमाडौंस्थित गोल्डेनगेट इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। भारतको दिल्लीबाट विभिन्न क्लबबाट यु-१६ तथा यु-१९ टिममा खेलिसकेका उनले नेपालमा आएर मध्यमाञ्चल क्षेत्रबाट क्षेत्रीय प्रतियोगितामा सहभागी भइसकेका छन् भने यु-१९ राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा सहभागी भएर टिममा छानिएनन्। देशका लागि क्रिकेट खेल्ने सपना बोकेर दिन रात प्रशिक्षण तथा अभ्यासमा व्यस्त यादबसँग नेपाल र नेपालीले गरेको कुराकानीको सम्पादीत अंश : आजभोल...
Comments
Post a Comment